चुनावको माहोल हेरेर आउँदा अचम्म लाग्यो ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनावको माहोल हेरेर आउँदा अचम्म लाग्यो !



नवीन जोशी, नेपाली देशभक्त आवाज

धेरै नेता उप-नेता लगायत थुप्रै कार्यकर्ता सँग भेट हुँदा र हेर्दा हारने नेता भेटाउन सकिन तर पनि सबै ले आफ्नो जित पक्का भएको दबी गर्ने गरे भने पैसा भएको प्रतिनिधि मात्र चुनावमा उठेको भेटियो किन होला ?भनेर सोच्दै जाँदा पैसा खर्च गर्नु पनि होड़ जस्तो लागेको देखियो आ आफ्ना कार्यकर्तालाई कसरी जुटाउने र भीड़ कसरी धेरै देखाउने त्यों पनि होड़ मचिएको छ  ।

पैसा पानी जस्तै बागाउदै गाड़ीमा  गीतहरू बजाउदै नाचदै हिड़ने र मोज मस्ती जस्तो माहोल बनेको छ  । तर विकास गर्ने र आफूले आफूलाई विकासप्रेमी आ-आफ्नो दाबी देखिन्छ तर आउटा कुरो मैले र जनताले बूझन सकेको जस्तो लागेन । आज जसरी नाच्दै बजाउदै हिडेका छौ ,आज जति पैसा चुनावमा खर्च हुन पुगेको त्यों आखिरी हाम्रो खल्तिको पैसा त हो ! अहिले जति खर्च गरेका छन् नेताहरूले त्यहाँ भन्दा ५००% धेरै कमाउनको लागि  डील हो  ।

आज कुनै कार्यकर्ताले एक दिन मासु खुवाउड़ै छन् । भने ५  वर्ष पूरा खान दानले मासु भात खाने छन् । चुनाव आए पछि धेरै कुरा देख्न पाईदो रहेछ प्रधानमंत्रीको कुर्चीमा पालो पालो बसे जस्तै गाउँगाउँमा  मिलेर चुनाव लड़ने चलन देखियो किन होला ? किन भने सबैलाई आ आफ्नो कुर्ची प्यारो लागेको देखिन्छ ।

मिलेर चुनाव लड़नु किन पर्‍यो ? बाडेर कुर्ची किन बस्नु पर्‍यो यो जबाब कुनै नेता सँग छैन तर एक अर्को मिलेर आफू मिलेको बाहाना सबै सँग भेटियो । धेरै जति मेयर पदमा उठेका उम्मेदवार बीजनेश गर्ने र थुप्रो पैसा वाला देखियो भने पार्टीको धेरै वर्ष देखि दामन थामेका प्रतिनिधिहरूको आफू सँग पैसा नभएर चुनाव लडन नसकेको गुनासो पनि रहेछ ।