चुनावी प्रचार प्रचारकाे अन्तिम दिन राजनीतिक दलहरू व्यस्त, धातिवाङ्गमा कांग्रेसकाे काेणसभा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनावी प्रचार प्रचारकाे अन्तिम दिन राजनीतिक दलहरू व्यस्त, धातिवाङ्गमा कांग्रेसकाे काेणसभा



घनश्याम पाैडेल /अर्घाखाँची, ११ असार

असार १४ गते हुने स्थानीय तहकाे निर्वाचनका लागि राजनीतिक दलहरूकाे चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेकाे छ । चुनावी काेणसभालाई सम्बाेधन गर्न राजनीतिक दलका केन्द्रीय नेताहरू जिल्लामा खटिएर दिनमा ३/४ वटा काेणसभामा सम्बाेधन गर्नमा व्यस्त छन् ।

नेकपा माअाेवादि केन्द्रका संसदीय दलका उपनेता तथा पूर्व मन्त्री टाेपबहादुर रायमाझी, काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विक, काँग्रेसका पूर्व सासंद डा. रामबहादुर बिसी लगाएतका केन्द्रीय नेताहरू अाफनाे पार्टीलाई विजयी बनाउन लागिरहेका छन् ।

जिल्लाका ४ स्थानीय तह सन्धिखर्क, सितगंगा, भुमिकाथान नगरपालिका र मालारानि गाउँपालिकामा काँग्रेस माअाेवादीले दैनिक संयुक्त अामसभा गरिरहेका छन् । अामसभामा काँग्रेस र माअाेवादिका केन्द्रीय नेता तथा प्रमुख र उपप्रमुखमा उम्मेदवार सँगसँगै हिडेर प्रचारप्रसार गरिरहेका छन् ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवाली पनि अर्घाखाँची जिल्लामा भएका अामसभालाई सम्बाेधन गर्नमा व्यस्त छन् ।

जिल्लाकाे पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिकामा तालमेल नगरी दलहरू एकाएक चुनावी मैदानमा छन् ।

कांग्रेसकाे अामसभा

नेपाली काँग्रेसले पाणिनि गाउँपालिकाकाे धातिवाङ्गमा अामसभा सम्पन्न गरेकाे छ । सभालाई सम्बाेधन गर्दै अध्यक्ष पदका उम्मेदवार अच्युत गाैतम, उपाध्यक्ष पदका उम्मेदवार अम्बिका पाेख्रेल, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पा‌ैडेलले सम्बाेधन गर्दै पाणिनि गाउँपालिकाबाट सबैभन्दा पछाडि परेकाे वडा धनतिवाङ्ग रहेकाेले धातिवाङ्गकाे विकासलाई प्राथमिकता दिने बताए ।

वडा अध्यक्ष पदका उम्मेदवार शुभबहादुर सारूले कांग्रेसकाे प्यानलाई वडामा विजयी वनाएमा सबै गाविसबासिकाे तिराे तिर्ने, अापत्त विपतमा २५% गाडी छुट गरिदिने घाेषणा गरे ।

मतदाता परिचय पत्र सुरु :
अर्घाखाँची जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु गरिएकाे छ । आइतबार, साेमबार र मङ्गलवार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।