सीके राउतलाई संसदमा ल्याउन ओली र यादवको यस्तो चलाखी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सीके राउतलाई संसदमा ल्याउन ओली र यादवको यस्तो चलाखी



काठमाडौं– विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसदमा ल्याउन पहल सुरु भएको छ ।

सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसदमा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसदमा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ । आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । राजधानी दैनिकबाट