कांग्रेसका २ हजार सदस्यले एकैपटक दिए पार्टीबाट राजिनामा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

कांग्रेसका २ हजार सदस्यले एकैपटक दिए पार्टीबाट राजिनामा



काठमाडौं- नेपाली कांग्रेसका दुई हजार संक्रिय सदस्यले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् ।

तनहुँ जिल्लाका दुई हजार सक्रिय कार्यकर्ताहरुले नेता जोशीलाई गरिएको कारबाही फिर्ता नलिएको खण्डमा आफुहरु कांग्रेसमा नरहने गरि हस्ताक्षर बुझाएको बताइएको छ । विपी कोइरालाको विचार बोक्ने कांग्रेसका सच्चा नेतालाई विनाकारण कारबाही गरिएको भन्दै स्थानीय कार्यकर्ता पार्टी नेतृत्वप्रति आक्रोशित बनेका छन् ।

केन्द्रीय अनुशासन समितिले नेता जोशीलाई गत श्रावन १० गते अनुशासनको कारबाही गरेको थियो । पार्टीले गरेको अनुशासनको कार्यबाही निकै निन्दनिय रहेकाले जिवनभरी कांग्रेसको लागि अहोरात्र खटेर पार्टीको काम गर्ने नेतालाई केहि नेताहरूको प्रभावमा कारबाही गरिएको उनीहरूको आरोप छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले जोशीमाथि गरिएको कारबाही फिर्ता नलिएमा तनहुँ जिल्लाका दुई हजार कार्यकर्ताहरुले कांग्रेसको साधारण सदस्य समेतबाट राजिनामा दिनेगरी हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत पठाएका छन् ।

नेता जोशीलाई गरेको फिर्ता गर्न आउदो केन्द्रीय कार्य समितिको बैठकलाई उनीहरूले दवाव समेत दिएका छन् । यदि कारबाही फिर्ता नभएको खण्डमा तनहुँमा कांग्रेस छाड्नेहरूको लहर लाग्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।