कांग्रेसले एमालेलाई उछिन्यो, यी हुन् कांग्रेसले अग्रता लिएका स्थानहरू - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसले एमालेलाई उछिन्यो, यी हुन् कांग्रेसले अग्रता लिएका स्थानहरू



यो समाचार तयार पार्दासम्म आएको नतिजाअनुसार कांग्रेसले एमालेलाई उछिन्दै ६ वटा स्थानीय तहमा अग्रता लिइरहेको छ ।

नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका स्थान

विदुर नगरपालिका- नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार राजन श्रेष्ठले २४ भोट ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार सन्जु पण्डितले १९ भोट ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै नगरपालिका उपप्रमुखमा भने एमालेको अम्बिका पौडेलले अग्रता लिएकी छन् । १३ भोट ल्याएकी पौडेलले माओवादी केन्द्रकी उम्मेदवार प्रभा बोगटीलाई १ भोटले पछि पारेकी छन् । बोगटीले १२ भोट ल्याएकी छन् ।

म्यागङ गाउँपालिका- नुवाकोटको म्यागङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार आशा तामाङले ९३ भोट ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका सुकबहादुर तामाङले ६९ भोट ल्याएर उनलाई पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी सीता तामाङले ९२ भोट ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रकी सम्झना गुरुले ७० भोट ल्याएर उनलाई पछ्याइरहेकी छन् ।

तारकेश्वर गाउँपालिका- नुवाकोटकै तारकेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसका शिव अधिकारीले ७४ भोट ल्याएर अग्रता लिइरहेका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार रमेशबहादुर वस्तीले १३ भोटका साथ उनलाई पछ्याइरहेका छन् ।

रेशुङ्गा नगरपालिका- गुल्मीको रेशुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार खिलध्वज पन्थीले अग्रता लिइरहेका छन् । उनले ११७२ मत पाएका छन् ।

एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ९२२ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

गुल्मीदरबार गाउँपालिका- गुल्मीको गुल्मीदरबार गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार सरोजकुमार थापाले ४७५ मतका साथ अग्रता लिइरहेका छन् । ४३७ मत पाएका एमालेका उम्मेदवार कृष्णबहादुर भुसलले उनलाई पछ्याइरहेका छन् ।

लोमन्थाङ गाउँपालिका- मुस्ताङको लोमन्थाङ गाउँपालिकामा पनि नेपाली कांग्रेसका टसी गुरुङ २०२ मतका साथ अगाडि छन् । उनलाई एमालेका उम्मेदवार टसी न्हुर्वु गुरुङले ६९ मतका साथ पछ्याइरहेका छन् ।