बिचरा काङ्ग्रेस: गन्तव्य र नेतृत्वबिहिन पार्टी र सङ्गठन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिचरा काङ्ग्रेस: गन्तव्य र नेतृत्वबिहिन पार्टी र सङ्गठन



काठमाडौं । भातृ तथा शुभेच्छुक संगठनका महाधिवेशन समेत नियमित हुन नसकेपछि कांग्रेस नेतृत्वकै विरोध हुन थालेको छ । पटक–पटक बसेका केन्द्रीय समिति बैठक समेत निष्कर्षमा पुग्न सकेको छैन । कांग्रेसका कार्यकर्ताहरु नै गुटमा विभाजित यी संगठनका पदाधिकारीको पदमा बसिरहने इच्छाका कारण सिंगो पार्टी अस्तव्यस्त बनेको आरोप लगाउँछन् ।

कांग्रेस कार्यकर्ता उत्पादनका रुपमा लिइने नेपाल विद्यार्थी संघ ६ महिनादेखि नेतृत्व विहीन अवस्थामा छ । संघको २०७३ सालमा भएको महाधिवेशनवाट आएको नेतृत्वका अध्यक्ष नैनसिह महरले छ महिनापहिले राजिनामा दिएपछि संघ नेतृत्व विहिन छ । दुई–दुई वर्षमा महाधिवेशनवाट नेतृत्व परिवर्तन गर्ने भएपनि पार्टीको हस्तक्षेपका कारण नेविसंघ विघटनको संघारमा पुगेको छ ।

तरुण दलको अवधि सकिन अब ६ महिना मात्र बाँकी छ । अध्यक्ष जितजङ्ग बस्नेतसहित चार पदाधिकारीले मात्र तरुण दल चलाइरहेका छन् । कांग्रेसमा भएको गुटगत राजनीतिको प्रभावका कारण तरुण दलले पूर्णता पाएको छैन ।

तरुण दल र नेविसंघ मात्र होइन, दलित संघ, सेनानी संघ, किशान सघं, तामाङ संघ तथा ठाकुर संघको समेत नियमित अधिवेशन भएको छैन । यी भातृ संगठनमा ५ वर्षदेखि १४ वर्ष समय वितिसक्दा पनि कांग्रेस नेतृत्वले चासो देखाएको छैन । अब भातृ संगठनमा हस्तक्षेपकारी भूमिका खेल्ने नेताहरु दाबी गर्छन् ।

कांग्रेसको संशोधित विधानमा महाधिवेशन वा अधिवेशन भएको निर्धारित मिति ६ महिना कटाउन नहुने व्यवस्था गरेको छ । विधान पालना गरेरै अघि बढ्ने कांग्रेसले बताएको छ ।

भातृ तथा शुभेच्छुक संगठन मात्र होइन पार्टी भित्रको आन्तरिक राजनीतिलाई मिलाउन नसक्दा काँग्रेसको संरचना पुरानै ढाँचाको छ । जसका कारण लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक रवैया भन्दै आलोचना हुने गरेको छ ।