काङ्ग्रेस हार्दा विकासले पनि हार्छ :पुर्व सभासद पाण्डे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काङ्ग्रेस हार्दा विकासले पनि हार्छ :पुर्व सभासद पाण्डे



असोज १९ ,स्याङ्जा

नेपाली कांग्रेसका नेता पुर्व सभासद मोहन प्रसाद पाण्डेयले कांग्रेस हार्दा विकासले पनी हार्ने भएकाले कांग्रेसलाई विजय वनाउन आग्रह गर्नु भएको छ ।

कालीगण्डकी २ मा रहेको आलमदेवी वहुउदेशीय ग्रामीण सेवा परीवार लसर्घाको वार्षीक उत्सव तथा खुला भलीवल प्रतीयोगीता लाई सम्वोधन गर्दै उहाले भन्नु भयो , यो क्षेत्रको विकासको शुरुवात कांग्रेसले गरेकाले यसको सम्पन्न गर्ने दायीत्व पनी कांग्रेसको हो । उहाले यस क्षेत्रको विकासका लागी आफु निरन्तर लागीरहने वताउनु भयो ।

कार्यक्रममा महाधिवेशन प्रतीनीधी गुरु भटराई ,नेविसंघ पुर्व केन्द्रय सदस्य युवराज पाण्डेय , जिल्ला सदस्य शालीकराम वस्याल ,क्षेत्रीय सदस्य नारायण भटराई ,डोलराज वस्याल लगायतले वोल्नु भएको थियो । आलमदेवी वहुउदेशीय ग्रामीण सेवा परीवारले प्रत्यक वर्ष आयोजना गर्ने खुला भलीवल प्रतीयोगीतामा विभिन्न जिल्लाका गरेर १९ टिमको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भुवन सी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।