चीनमा हजारौं चिकित्सकलाई नै कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनमा हजारौं चिकित्सकलाई नै कोरोना सङ्क्रमण



काठमाण्डौ – चीनमा हजारौं चिकित्सकलाई नै कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरस (कोभिड-१९)बाट फेब्रुअरी ११ सम्ममा कुल एक हजार ७१६ स्वास्थ्यकर्मी नै संक्रमित भएको चिनिया स्वास्थ्य आयोगले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार यसबारे जानकारी गराएको हो ।

यो सङ्ख्या कोभिड-१९ को सङ्क्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो ।

एनएचसीका उप-निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा ज्यान गइसकेको छ ।’

कोभिड-१९ बाट ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या कुल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उहाँले बताउनुभयो । कोभिड-१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ ।

हुवेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप-निर्देशक चेनले बताउनुभयो ।