भारतमा कोरोना सङ्क्रमणका कारण एकैदिनमा ८ को मृत्यु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारतमा कोरोना सङ्क्रमणका कारण एकैदिनमा ८ को मृत्यु



काठमाडौँ- भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै ८ जनाको मृत्यु भएको छ । भाइरसका कारण योसँगै हालसम्म २० जनाको ज्यान गएको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ७२७ पुगेको छ । विहीबारमात्रै ७२ जना नयाँ संक्रमित फेला परेका छन् ।

दिनप्रति दिन भारतमा संक्रमित र मृतकको संख्या बढ्न थालेपछि भारतीय सरकारले उच्च सतर्कताका लागि थप नीति ल्याउने मिडिया रिपोर्टमा उल्लेख छ ।

संक्रमितहरुको संख्या तीब्र रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले भारतलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गर्दै आइरहेको छ ।

उच्च सतर्कता अपनाउन नसके युरोपका देशहरुको जस्तो नियती भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।