दुई गुणाले बढ्यो कोरोनाको कहर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दुई गुणाले बढ्यो कोरोनाको कहर



काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या दुई गुनाले बढेको छ। यो आंकडा एक साताको अवधिको हो ।

मार्च १४ मा १ लाख ५६ हजार ६ सय ५३ जना संक्रमित रहेकोमा २२ मार्चसम्म आइपुग्दा यो संख्यामा झण्डै शतप्रतिशतको वृद्धि हुँदै ३ लाख पाँच हजार ३६ भएको छ।

यो अवधिमा कुल १ लाख ४८ हजार ३ सय ८३ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण यसको उद्गमस्थल चीनमा कम हुँदै गएपनि युरोप र अमेरिकामा उल्लेख्य संख्यामा बढ्दै गएको छ।

यसको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी इटाली प्रभावित बनेको छ। पछिल्लो आँकडा अनुसार इटालीमा ५३ हजार ५ सय ७८ जनामा यसको संक्रमण भेटिएको छ भने इटालीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।

यसैगरी अमेरिकामा २६ हजार ८६३ जना संक्रमित छन् भने ३४८ जनाले ज्यान गुमाइसकेका छन्।

यसैगरी १३ सय ८१ जनाको ज्यान गएको स्पेनमा २५ हजार ४ सय ९६ जनामा यसको संक्रमण पुष्टि भएको छ।

त्यसैगरी जर्मनीमा २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने ८४ जनाको मृत्यु भएको छ।