अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना विरुद्धको खोप सफल भएको घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना विरुद्धको खोप सफल भएको घोषणा



काठमाडौं- कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको बिबिसीले जनाएको छ ।

११ हजार ७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ ।

बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ ।

यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो ।

यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ । दोस्रो फेजको ट्रायलमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबडी बिकास गरेको छ भने १० प्रतिशतलाई दुई डोज दिनुपरेको जनाइएको छ ।

सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

तेस्रो तथा अन्तिम चरणको ट्रायलमा बेलायतमा १ लाख व्यक्तिलाई, अमेरिकामा ३० हजार व्यक्तिलाई, दक्षिण अफ्रिकामा २ हजार व्यक्तिलाई र ब्राजिलमा ५ हजार व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ ।

यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ ।