क्रिकेटमा नेपालको कमजोर खेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रिकेटमा नेपालको कमजोर खेल



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि–ट्वानटी प्रतियोगितामा श्रीलंकाविरुद्ध खेलीरहेको नेपालको तेस्रो विकेट पतन भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल २० बलमा २१ बनाएर आउट भए ।

यसअघि आरिफ सेख १९ रनमा पारस खड्का १ रनमै आउट भइसकेका छन् ।

नेपालले ८ ओभरको समाप्तीमा ३ विकेटको नोक्सानीमा ५४ नर बनाएको छ ।

कीर्तीपुरस्थित टियु मैदानमा टस हारेर नेपालले व्याटिङको निम्तो पाएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट पुरुष र श्रीलंकाको २३ वर्षमुनिको टोलीविरुद्ध खेल्दैछ ।