चीनले लगायो सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनले लगायो सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध



एजेन्सी- चीनले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध गरेको छ । सबै प्रकारका क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गर्दै चीनले यसमा सबै तरिकाले प्रतिबन्ध लगाएको हो ।

चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाउँदै क्रिप्टो–करेन्सीका सबै प्रकारका कारोबारलाई गैरकानूनी घोषणा गरेको हो ।

“भर्चुअल मुद्रा सम्बन्धी व्यवसायिक क्रियाकलापहरू गैरकानूनी वित्तीय क्रियाकलाप हुन्,” द पिपल्स ब्याङ्क अफ चाइनाले चेतावनी दिँदै भनेको छ, “यसले जनताको सम्पत्तिको सुरक्षालाई गम्भीर खतरामा पार्छ ।”

चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टो–करेन्सी बजारमध्ये एक हो । त्यहाँको उतारचढावले प्राय विश्वको क्रिप्टोकरेन्सीको मूल्यलाई प्रभाव पार्दछ ।

चिनियाँ घोषणापछि बिटक्वाइनको मूल्य दुई हजार डलरभन्दा बढीले खस्किएको छ ।

चीनले क्रिप्टो–करेन्सीको व्यापारलाई २०१९ देखि आधिकारीक रूपमा प्रतिबन्ध गरेको हो, तर निरन्तर अनलाइनमाफर्त् विदेशी विनिमय हुँदै आएको छ ।