क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि नमिल्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि नमिल्ने



काठमाडौ- क्रिप्टो करेन्सीको कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ । सेल्सियसले विज्ञप्ति नै निकालेर कारोबार बन्द गरेको हो ।

अहिले क्रिप्टो करेन्सीको मूल्य अनअपेक्षित रुपमा घटेको छ । एकाएक मूल्यमा गिरावट आएपछि लगानीकर्ता समेत चिन्तित देखिएका छन् । सेल्सियस को यो विज्ञप्तिपछि क्रिप्टोको बजारमा सन्नाटा छएको छ ।

बजारमा तरलता स्थीरिकरण गर्न र क्रिप्टोलाई थप अवमूल्यन हुन नदिन कम्पनीले उक्त निर्णय लिएको जानकारी सेल्सीयसले सोमबार एक विज्ञप्ति जारी गरी दिएको हो । उक्त निर्णय पछि बिटकोइनको मूल्यमा ठूलो गिरावट आएको हो ।

एकैदिनमा ठूलो प्रतिशतले घटेको बिटकोइनको मूल्य २१ हजार नजिक पुगेको छ भने इथेरियम सन् २०२१ मार्च महिना यताकै कमजोर हुन पुगेको छ । ८ प्रतिशतले घटेको इथरको मूल्य १ हजार नजिक पुगेको छ ।

यसको मुख्य कारणका रूपमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले औसत ब्याज दर वृद्धिलाई लिइएको छ । बैंकको उक्त निर्णयले क्रिप्टो मार्केटमा खराव गिरावट आएको छ ।

टेरायुएसडी जस्तो कोइन कोल्याप्स भएपछि लगानीकर्ताहरु अतालिएका छन् । अहिले कोइनको प्यानिक सेल गरिरहेका छन् ।

कोइन मार्केटमा आएको यस्तो समस्याले लगानीकर्ताले विश्वास गुमाउन सक्ने बताइएको छ । कोइनको मार्केटमा विश्वकै ठूलो लगानी रहेको छ ।