करेन्ट लागेर एकको मृत्यु - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

करेन्ट लागेर एकको मृत्यु



कैलाली – गौरीगंगा नगरपालिका- १० मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडाका ३० बर्षीय रघुबिर सिंह धामी रहेको प्रहरीले जानकारी दिएको छ ।

जंगली जनावरलाई पासो थाप्ने क्रममा आज बिहान करिब ३:३० बजेतिर करेन्ट लागेर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए । उनले खेतबारीको बिचबाट गएको बिजुलीको पोलबाट तार हुक गरेर जालो बनाइ करेन्ट प्रवाह गरिएको पाइएको जानकारी दिए ।

घटनाको अनुसन्धानको लागी ५ जनालाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।