दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा: सञ्चारमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा: सञ्चारमन्त्री



हिमाल पोष्ट / १५ मङ्सिर ,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको बताउनुभएको छ ।

सिन्धुलीको जरायोटारलाई आज खुला दिसामुक्त गाविस घोषणा गर्दै उहाँले नेपाली जनताको वर्षौदेखिको बलिदानीपछि प्राप्त उपलब्धिलाई अबका नेताले गुमाउन लागेको आरोप लगाउनुभयो ।

महिला, आदिवासी जनजाति, मुस्लिम, थारुलगायत उत्पीडनमा परेका समुदायले अधिकार माग्दैमा राज्यले खुट्टा कमाउन नहुने उल्लेख गर्दै उहाँले अधिकार माग्नेले राज्य नै नमागेका हुँदा अन्य जाति र समुदायले आत्तिनु नपर्ने बताउनुभयो ।

उहाँले अबको दुई महिनामा सिन्धुलीको ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिन्धुलीको लाम्पान्टार गाविस–३ सिकारी डाँडामा नेपाल टेलिकमबाट टावर निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको गुनासो आएपछि अबको दुई महिनामा तिनपाटन र मरिण क्षेत्रका जनतालाई सञ्चार सुविधा पु¥याउने प्रतिवद्धता मन्त्रीबाट व्यक्त भएको हो ।

जरायोटार गाविससहित अहिलेसम्म जिल्लाका ४२ गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । बाँकी आठ गाविस र दुई नगरपालिकालाई पनि खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको जिविसका वास फोकल पर्सन मल्लव अधिकारीले जानकारी दिनुभएको छ ।