दैलेखमा बम फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दैलेखमा बम फेला



शेरबहादुर थापा,/सुर्खेत, २९ माघ

दैलेखमा बम फेला परेको छ । दैलेखको सिहाँसैन गाविस वार्ड नं. ६ रोलमा द्वन्द्वकालीन समयमा भवानी बक्स गण ‘घ’ गुल्म बसेको स्थानमा ५ किलो बराबर तौल भएको बम फेला परेको हो । उक्त बम केटा केटीहरुले खेल्ने बेलामा फेला पारेका थिए भने उक्त बम डिस्पोजलका लागि अहिले सम्म कुनै पहल हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा जानकारी लिन खोज्दा अहिलेसम्म कुनै पनि समाचार नआएको जानकारी प्राप्त भएको छ । उक्त बम आजै विहान फेला परेको स्थानीय शिक्षक तीर्थ बहादुर महताराले जानकारी दिएका छन् । उनका अनुसार फेला परेको बमलाई आफूहरुले सुरक्षित राखेको र सम्वन्धित निकायमा खबर गरि डिस्पोजल गराइदिन माग गरे । बम फेला परेपछि उक्त स्थानमा अन्य बम फेला पर्नसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

उक्त स्थान राकम कर्णालीबाट झण्डै १ घण्टा उकालो पैदल यात्रापछि पुग्न सकिन्छ । शिक्षक महताराले इलाका प्रहरी कार्यालय राकम कर्णालीलाई समेत बम फेला परेको भन्ने जानकारी गराइसकेको जानकारी दिए । तर सो सम्बन्धमा भने इलाका प्रहरी कार्यालयले सञ्चार सम्पर्क  अहिलेसम्म गर्न नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि केदार रजौरेले जानकारी दिए । सहयोग गर्न जिल्ला प्रहरी प्रमूखले उक्त विषयबारे तत्काल बुझ्ने र आवश्यक कदम चाल्ने प्रतिक्रिया दिए ।
यता इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोली उक्त स्थलमा पुग्न अझै १ घण्टा लाग्ने स्रोतले जानकारी दिएको छ ।