दलित वस्तीबाट किताब छोडी बन्दुक बोकियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दलित वस्तीबाट किताब छोडी बन्दुक बोकियो



अछाम जिल्ला बाब्ला गाविस वडा न ८ दलित समुदायमा बुबा माँहा बाब्ली र आमा जमना बाब्लीको जेठो सन्तानको रूपमा वि स २०४९ माघ १८ जन्म लिएको ठिटो ।+२  को पढाइ सकेर बसेको  दलित समुदायको समान्य घरमा चार  दाजुभाइको जेठो भाइ भएकाले पारिवारिक जिम्मेवारी सबै आफै समाल्दै आएको छु।

बुवाले परम्परागत पेसा आरन चलाई आउनुभएको छ । र म आफै पनि बेला बखत आरन चलाउने गर्दछु । जसले गर्दा परिवारमा खानको समस्या हुँदैन । समुदायमा एक दलित लुहारको छोरा वडा अध्यक्षको उम्मेदवार बनेको देखेपछि । समुदायमा हौसला र उत्साह बढेको छ।

६१ साल देखि शस्त्र जनयुद्धको बेला पार्टीका कार्यकर्ता र विभिन्न कार्यक्रममा सहभागी भई सानै देखि विचार र सिद्धान्तलाई मनैदेखि मन लगाएर  लागियो। र पार्टीका नेता कार्यकर्तालाई विभिन्न रूपमा सहयोग र समर्थन गर्दै जाँदा २०६३ सालको युद्धविराम अर्थात् शान्तिसम्झौता पछि श्री राष्ट्रिय उमावि बाब्लामा अखिल क्रान्तिकारीको ईकाई कमिटी अध्यक्ष भई काम गरियो ।  १९ दिने जनआन्दोलन सफल पार्न सक्रिय भई काम गरियो ।

नेपालमा गणतन्त्र स्थापना लगत्तै २०६४ को पहिलो संविधान सभानिर्वाचमा संगठको तर्फबाट अग्रणी भुमरीमा निर्वाह गर्दै इलाका सदस्यमा प्रवेश गर्दै जिल्ला सङ्गठनले २०६६ मा इलाका ईन्चार्ज  बनाई सङ्गठन विस्तारमा खठायो। यो सँगै जिल्ला सङ्गठन विस्तार र सुदृढीकरण गर्दै हिडीयो ।२०६८ को जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा निर्वाचित भए ।

जिल्लाका विभिन्न सञ्जाल र सङ्गठनमा सक्रिय भई काम गरे  । जसमा२०६७ देखि जिल्ला बाल अधिकार सरोकार मञ्च अछामको सदस्य हुँदै २०६८सचिव भई काम  पनि गरे  ।२०६८ मा अछाममा संञ्चालित रेडियो जनप्रियको साफे क्षेत्रबाट सम्वादाता भए  । त्यसैगरी   ६९ मा अखिल क्रान्तिकारी पत्रकार संगठको जिल्ला सचिवालय सदस्य बने ।

२०६९ मा अछाम साहित्य प्रतिष्ठानको कोषाध्यक्ष र अछाम गजल मञ्चको संस्थापक सदस्यमा निर्वाचित भएर निरन्तर रूप साहित्य लेखनिमा पनि सक्रिय रूपमा विभिन्न विधामा कलम चलाउने र विशेष गजल र मुक्तक लेखे ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा जिल्ला सङ्गठन द्वारा निर्वाचन क्षेत्र न १  को चुनावी प्रचारप्रसारमा संगठको तर्फबाट जिम्मेवारी बहन गर्दै लागियो।पार्टी पराजित भई तेस्रो भए पनि हामी निरन्तर रूपमा सङ्गठन विस्तार र सुदृढीकरणमा लागि रहयौ।
सामाजिक क्षेत्रमा निरन्तर रुमा कामगर्दै जाँदा अछामी युवाहरूको छाता सङ्गठन इलाका युवा संञ्जाल अध्यक्ष ,२०७२ जिल्ला युवा सञ्जालको अछामको अधिवेशनबाट जिल्ला कोषाध्यक्षमामा निर्वाचित भएर सामाजिक क्षेत्रमा काम गरे  ।

अखिल क्रान्तिकारी जिल्ला सङ्गठन अछाम सामाजिक रूपमा मरेका विभिन्न सामाजिक आन्दोलन र विभिन्न कार्यक्रममा निरन्तर रूपमा सक्रिय सहभागिता भई काम गरियो ।पार्टी टुक्राटुक्रा भएर विभाजन भए पछि लामो समय पछी २०७३ वैशाख १  जिल्ला सम्मेलनबाट जिल्ला वरिष्ठ उपाध्यक्षमामा निर्वाचित भएर काम गर्दै जाँदा  नेपालमा हुन गइरहेको दुई दशक पछिको  स्थानीय निकायको निर्वाचनमा साफेबगर नगर पालि वडा न १३ को वडा अध्यक्ष पदमा पार्टीले नेपालकै कान्छो उम्मेदवारको रूपमा उभ्याएको छ ।  समाजमा असल र सामाजिक क्षेत्रमा सक्रिय रूपका काम गर्दै आएकोले समुदायले पनि रुचायको छ।

दलित बस्तीमा धेरै दमन हुन थाले पछि “किताब छोडी बन्दुक ” त्यस पछि विद्यालय छोडेर बन्दुक बोक्ने वाद्यता सुरु भयो उता माओवादीले सेना बनाउने अभ्यास स्वरूप स्क्वायट गठन गरेको थियो । त्यसैमा लागियो  । हातमा लाठी, काधमा बन्दुक, घाटिमा टर्चलाईछ, मालासरी मुन्टोमा तुम्लेट बेरियो  । दिनभरि सुत्ने, रातभरि हिँड्ने । आवश्यकै परे जुनकीरी सरी कपडाले छोपेर लाईट बाल्ने जीवन सुरु भयो । कापि कलम किताब सबै त्यागियो ।

केवल देश र जनताको मुक्तिका लागि । मरे एउटा ज्यान जिते सुन्दर संसार भनेर निकै मिठो सपना थियो । जनताले तिम्रा सेना कहाँ“ छन् ? भनेर भुमिगत भएका कार्यकर्तालाई सोध्थे । त्यसको जवाफ दिने उन्मुख लगायत केही थिए उनीहरू भन्थे ‘तिमि हामीहरू नै सेना बन्ने हो ।’ धेरैले पत्याउदैन्थे । तारा भएको डिड्रेस लाउने पिस्तोल बोक्ने भन्दै युवाहरूलाई उक्साउथे ।

दिउसो सुत्थे हिड्थे राति राति । त्यो पनि साहायकबाटा पच्छाएर । गाउलेले मसान, भूत स्याउरे हिड्छ भन्ने बाटा खोजेर । सुत्थे तर्साउने लुक्ने वडार खोजेर । त्यही चलनले गाउँ बस्तीमा भयाउने हुन्न भन्ने पुष्टि भयो । मसान घाटमा सुत्दा पनि केही हुन्न भन्ने आटिला बचन सुनिन थाले । जसले दिन्छ उसैकोमा खाने हो । त्यसो त विष्टा परे, बोक्सी लाग्ने  , सबै कुरा वाहियात साबित भए । जसलाई कार्वाहि गरिन्छ त्यही खाना खाने गर्न लागे बोक्सी भए किन बचाई भन्ने प्रश्न जाग्यो । रुढिग्रस्त समाज परिवर्तनमा उनीहरू लगायत भुमिगत कार्यकर्ताको योगदान छ ।

मोहन देवकर,अखिल भारत नेपाली एकता मंचका केन्दीय सचिब

 हाल मुम्बईमा