दशैंमा बाहिरिए २० लाख - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दशैंमा बाहिरिए २० लाख



काठमाडौँ, असोज ११ ।  

दशैँ नजिकिए संगै काठमाडौँ उपत्यकाबाट दशैं  मनाउन घर फर्कनेको संख्या हालसम्म २० लाख पुगेको छ ।

भदौ २० गतेदेखि काठमाडौंबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ ।

बडादशैँका नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।