बहुमुखी प्रतिभा प्रेमको दसैँ गीत यस्तो छ - भिडियो सहित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बहुमुखी प्रतिभा प्रेमको दसैँ गीत यस्तो छ – भिडियो सहित



विगत केही वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनु को नयाँ दसैँ गीत “मै तिर चल्यो दु:ख को हावा ” भर्खरै मात्र साङ्गीतिक बजारमा सार्वजनिक भएको छ ।

गायन र सिर्जना मा अब्बल मानिएका प्रेम ले आफ्नै लय/ शब्द र स्वर रहेको यश गीत लाई आफैले निर्देशन समेत गरेका छ्न । संगम प्रकाश कंडेल र रवि न्यौपाने को छायाङ्कन ,मिलन बिक को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियोमा सुरबिर पण्डित (दाह्री बा) किस्ना आचार्य रोशनी र स्वयम् प्रेम सापकोटा सोनु को अभिनय देख्न सकिन्छ ।

खड्का जी प्रोडक्सन ले दृश्य निर्माण गरेको यश गीतको म्युजिक भिडियो लाई प्रेम सापकोटा सोनु कै युट्युबबाट सार्वजनिक गरिएको हो ।