दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा



काठमाडौं- इन्डियन प्रिमियर लिगको उपाधिका लागि दिल्ली क्यापिटल्र्स र मुम्बई इन्डिन्स भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा सन राइजर्स हैदरावादलाई रनले हराउँदै दिल्लीले पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गरेको छ ।

आवुधावी स्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ८९ रन बनायो ।

निकै बलियो सुरुवात गरेको दिल्लीका लागि मार्कुस स्टोनीस र शिखर धवनले पहिलो विकेटका रुपमा ८६ रनको साझेदारी गरेका थिए । जसमा स्टोनीस ३८ रनमा आउट भए । त्यसपछि कप्तान श्रेयस ऐयर २१ रनमा आउट भएपनि दिल्लीले एक सय २६ रनमा दोस्रो विकेट गुमायो ।

तर तेस्रो विकेटका लागि शिखर धवन र सिमरन हिटमेयरले विस्फोटक ५२ रनको साझेदारी गरे । तर शिखर धवन ७८ रनमा आउट हुँदा दिल्लीले एक सय ७८ रनमा तेस्रो विकेट गुमायो । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि अन्तिममा हिटमयरले बिस्फाेटक ४२ रन बनाए । उनले २२ बलमा चार चाैका र एक छक्का प्रहार गरे ।

आइपीएलमा नयाँ इतिहास बनाउने क्रममा दिल्लीले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदै रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १२ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४४ रन बनाउँदा उसको तीन विकेट झरेको थियो । ब्याटिङमा परिक्षण गरेको हैदरावादको स्कोर एक सय ४७ रन हुँदा पाँच विकेट गुम्यो ।

हैदरावादका प्रियम गार्गले १७ रन बनाए भने कप्तान डेविड वार्नर मात्र दुई रनमा पेभेलियन फर्किए ।

यस्तै मनिश पाण्डेले २१ रन बनाउँदा जेसोन होल्डर ११ रनमा आउट भए । उसका भरपर्दा खेलाडी केन विलियम्सनले विस्फोटक ६७ रन बनाएका थिए । उनले ४५ बलमा ५ चौका र चार छक्का प्रहार गरेका थिए ।

तर अन्तिममा अब्दुल सांसद र रासिद खानले आक्रामक ब्याटिङ गरेका थिए । तर अब्दुल ३३ रनमा आउट भए । उनले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

त्यसको लगत्तै रासिद खानपनि ११ रनमा आउट भए । जसका कारण हैदरावाद हारको बाटो देख्न बाध्य भयो । बलिङमा कागिसो राबाडाले चार तथा मार्कुस स्टोनीसले तीन विकेट लिए ।