डेङ्गुबाट कसरी बच्‍ने ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

डेङ्गुबाट कसरी बच्‍ने ?



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

काठमाडौँ, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेङ्गु ज्वरो फैलिएको हुँदा विशेष सतर्क हुन आवश्यक छ ।

डेङ्गुलाई break bone ज्वरो पनि भनिन्छ किनकि यसले एकदम जोर्नी तथा मांशपेशी दुख्‍ने हुन्छ ।

मुख्य लक्षणहरू

  • अचानक ठूलो ज्वरो आउनु
  • आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्नु
  • सबै शरीर दुख्नु
  • घाँटी बस्‍नु
  • साना बिमिरा आउनु
  • शरीर चिलाउनु
  • वाकवाकी लाग्‍नु / बान्ता आउनु
  • छटपटी हुनु
  • रिँगटा लाग्‍नु
  • निद्रा नलाग्‍नु
  • हड्डी तथा मांसपेशी निकै दुख्नु
  • आँखा तथा घाँटी रातो हुनु

छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ

  • ८० % बिरामीमा पहिलो दिनमा, ६० – ८० % बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजेटिभ देखिन्छ ।
  • १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।

विशेष सतर्कता :

  • ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला । आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला | आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तस्रावजन्य डेङ्गुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
  • बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, दीर्घ बिरामीहरूलाई विशेष ख्याल गर्नुपर्दछ ।
  • जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने
  • डेङ्गुको कुनै विशेष औषधि तथा खोप छैन । एन्टिबायोटिकले डेङ्गु निको हुँदैन । चिकित्सकले अर्को सङ्क्रमण नहोस् भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन् । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन | तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन ।

रोकथाम

  • लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
  • लाम्बाहुले कपडा लगाउने
  • डेङ्गु लाग्ने लामखुट्टे day biter अर्थात् दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने
  • भिडभाडमा सकभर नजाने
  • घर वरिपरि पानी जम्‍ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्‍ने, बाथरुम ओभानो राख्‍ने, टायर / पाइप आदिमा पानी जम्‍न नदिने
  • पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्‍न पनि सकिन्छ ।
  • माथिका लक्षण देखिएमा तुरुन्त जाँच तथा उपचार गर्ने
    -प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।

स्मरण रहोस् – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वास्थ्य रहने उपायहरू अवलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।