नयाँ फिल्म पनि दीपाश्रीले नै निर्देशन गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ फिल्म पनि दीपाश्रीले नै निर्देशन गर्ने



काठमाडौं । छक्का पञ्जा निर्देशन गरेर चर्चामा आएकी दीपाश्री निरौलाले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । दिपक-दीपाको समुहले बनाउने नयाँ फिल्मको निर्देशन पनि दीपाले नै गर्ने निर्देशक दिपकले बताए ।

‘हो हाम्रो नयाँ फिल्म निर्देशन पनि दीपाजीले नै गर्नुहुन्छ हामी केहि दिनपछि कार्यक्रम गरेर सार्वजनिक गर्ने छौं’ दिपकराजले भने । छक्का पञ्जा चलेको ५९ दिन भयो तर, पनि सिनेमा दलमा दर्शकको चाप घटेको छैन । मल्टिप्लेक्स र सिंगल थिएटरमा उस्तै छ दर्शकको भीड ।

छक्का पञ्जापछि हलमा लागेका किस्मत लगायत अन्य चलचित्र पुरानो भैसक्यो तर, पनि छक्का पञ्जा हेर्न हलमा आउने दर्शक घटेका छैनन् । १५ करोड बढी ग्रस ब्यापार गर्न सफल यो चलचित्र अहिलेसम्म सबै भन्दा धेरै ब्यापार गर्ने चलचित्रको रुपमा चिनिन्छ ।

जीतु नेपाल, बुद्धि तामाङ, शिबहरि पौडेल, प्रियंका कार्की, वर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।