८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय



मतगणना नसकिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन् । यो सँगै देउवा सातौँ पटक विजय भएका छन् ।

आठ हजार १०९ मत गणना हुँन बाँकी रहँदै डडेलधुरमा कांग्रेसका सभापति देउवा जित निश्चित भएको छ ।

४३ हजार ५५१ मत गणना हुँदा देउवाले २१ हजार ७४६ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले ११ हजार २२५ मत पाएका छन् । उनीहरूको मतान्तर १० हजार ५२१ छ । मत गणना बाँकी रहँदै देउवाको जित पक्का भएको हो ।

यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्लले ६ हजार १८६ मत पाएका छन् ।