देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देउवाले सधैँ जालझेल गरेर मात्र प्रधानमन्त्री भएको दावी गरेका हुन् ।

ओलीले देउवा २०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताए । ‘शेरबहादुरजी निर्वाचनबाट निर्वाचित भएर प्रधानमन्त्री कहिल्यै हुनुभएको छैन । पार्टीभित्रको जालझेल होस् या देशभित्रको जालझेल होस् । संसदभित्र गरिने जालझेल होस् या अदालत पुगेर गरिने जालझेल होस् । जालझेल र तिक्डमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनुभएको हो,’ ओलीले भने ।

उनले अगाडि भने, ‘उहाँ निर्वाचित भएको वा हैसियत प्राप्त गरेको प्रधानमन्त्री कहिल्यै होइन ।’

एमालेले ५ वर्ष सरकार चलाउन पाएको खण्डमा अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्थासमेत नहुने ओलीले बताए । त्यस्तै उनले एमाले नेपालको एकमात्र दल भएको पनि दावी गरे ।