भारतीय राजदूत पटकपटक बालुवाटार किन धाइरहेका छन् ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भारतीय राजदूत पटकपटक बालुवाटार किन धाइरहेका छन् ?



नयाँ सरकार बनाउने कसरत चलिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न लगातार धाइरहेका छन् । राजदूत श्रीवास्तवको पछिल्लो सक्रियता अस्वाभाविक देखिएको छ ।

निर्वाचन सकिएलगत्तै भारतीय राजदूत लगातार बालुवाटार धाउन थालेका छन् । मङ्सिर १० गते नेपालका प्रधानमन्त्रीसँग भेटेका नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसँग पुनः भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन सकिएसंगै नेपालमा नयाँ मंसिर ४ मा भएको निर्वाचनपछि प्रधानमन्त्रीसँग राजदूत श्रीवास्तवको यो दोस्रो भेट हो । देउवा भारतसँग नजिक रहेको र भारतले देउवा प्रधानमन्त्री बनेको हेर्न चाहने इच्छा व्यक्त गरेको छ ।

उनको यो दौडलाई अर्थपूर्ण मानिएको छ । उता भारतका धेरै मिडियामा नेपालको अब बन्ने सरकारको बारेमा बहससमेत हुन थालेको छ ।

भारतीय राजदूतको सक्रियता बढेसंगै देउवाका विषयमा विभिन्न आलोचनाहरु भइराखेको छ ।