देउवाको औपचारिक भारत भ्रमण भदौ ७ देखि ११ सम्म हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवाको औपचारिक भारत भ्रमण भदौ ७ देखि ११ सम्म हुने



काठमाडौं, २४ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सात देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिनुभएको हो । खबर नेपाल समाचार पत्र दैनिकमा छ ।

देउवाको भ्रमणअघि चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिदै महराले सो भ्रमण भूकम्पपछिको पूननिर्माणमा चिनियाँ सहयोगबारे केन्द्रित हुने बताउनुभयो ।