" एडीलेडमा देउसी भैलो कार्यक्रम आयोजना हुदै " - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

” एडीलेडमा देउसी भैलो कार्यक्रम आयोजना हुदै “



एडीलेड नेपालको आयोजनामा साउथ अस्ट्रेलियामा दशैं तिहार महोत्सव कार्यक्रम आयोजना हुने भएको छ। अक्टोबर २० तारिकको दिन कसग्रुभ हलमा दिउसो २ बजे देखि बेलुका ८ बजे सम्म साँस्कृतिक कार्यक्रमहरु सहित कार्यक्रम आयोजना गर्न लागिएको एडीलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले बताए।कार्यक्रमको जानकारी दिदै उनले भने ” सम्भवत पहिलो पल्ट साउथ अस्ट्रेलियामा हामीले नेपाली समुदायमा यस प्रकारको कार्यक्रम आयोजना गर्दैछौ। नेपालमा तिहारमा खेलिने मौलिक देउसी भैलोलाई प्रतियोगिताको रुपमा हामीले यहाँ प्रस्तुत गर्दैछौ।”

यहाँ रहेका विभिन्न समूह र संघसंस्थाहरुले प्रतियोगितामा सहभागिता जनाउने कोइरालाले जानकारी दिए । कार्यक्रमले प्रतियोगिता मात्र नभएर नेपाली कला संस्कृतिलाई प्रबासी भुमिमा प्रबर्दन गर्ने र यहाँ रहेका नेपाली बालबालिकाहरुलाई आफ्नो रितिरिवाज सिकाउने मौका समेत पाउने बिश्वास कोइरालाको रहेको छ । कार्यक्रममा देउसी भैलोसँगै रंगोली प्रतियोगिता समेत राखिएको छ। प्रतियोगितामा सहभागि मध्ये उत्कृष्ट ३ समुहलाई नगद पुरस्कार द्धारा सम्मान गरिने आयोजकले बताएका छन् । सन् २०१६ मा स्थापना भएको एडीलेड नेपालले बिगत देखिनै नेपाली कला संस्कृती प्रबर्दन हुने होली , तिज लगायतका कार्यक्रमहरु गर्दै आएको छ। एडीलेडमा बस्ने सम्पूर्ण नेपाली भाषीहरुलाई कार्यक्रममा उपस्थित हुन एडीलेड नेपालले आवहान गरेको छ।

यहाँ रहेका विभिन्न समूह र संघसंस्थाहरुले प्रतियोगितामा सहभागिता जनाउने कोइरालाले जानकारी दिए । कार्यक्रमले प्रतियोगिता मात्र नभएर नेपाली कला संस्कृतिलाई प्रबासी भुमिमा प्रबर्दन गर्ने र यहाँ रहेका नेपाली बालबालिकाहरुलाई आफ्नो रितिरिवाज सिकाउने मौका समेत पाउने बिश्वास कोइरालाको रहेको छ । कार्यक्रममा देउसी भैलोसँगै रंगोली प्रतियोगिता समेत राखिएको छ। प्रतियोगितामा सहभागि मध्ये उत्कृष्ट ३ समुहलाई नगद पुरस्कार द्धारा सम्मान गरिने आयोजकले बताएका छन् ।

https://www.facebook.com/events/2393947330885928