चर्चामा डडेलधुराः देउवालाई चुनौती - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चामा डडेलधुराः देउवालाई चुनौती



काठमाडौं-

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् ।

चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् ।

देउवाले यो विरासत मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जोगाउन सक्लान त ?

विगतमा भन्दा अहिले राजनीतिक ध्रुवीकरण बदलिएकाले यो प्रश्न उठेको हो ।

दुई ठुला वामपन्थी दल एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन गरेकाले देउवाका लागि परिस्थिती पेचिलो बन्दै गएको छ ।

देउवा अहिले बलियो वाम गठबन्धनसंग प्रतिस्पर्धामा छन् ।
त्यसैले त डडेलधुराको निर्वाचन सबैतिर चर्चा र चासोको विषय बनेको छ । , यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।