देउवाको निर्देशन: भारत र मोदीको होइन सरकारको विरोध गर्नुहोस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवाको निर्देशन: भारत र मोदीको होइन सरकारको विरोध गर्नुहोस



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संगठनहरूलाई भारतविरुद्ध नारा जुलुश नगर्न र मोदीको विरोध नगर्न कडा निर्देशन दिएको खुलेको छ । यसअघि उनले भारतविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए ।

उनले भारतको भन्दापनि नेकपा सरकारको विरोध चर्काउनुपर्ने भन्दै यस्तो निर्देशन दिएको खुलेको हो ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समेटेको बिरोधमा नेपाल विद्यार्थी संघले ठाउँ ठाउँमा नारा जुलुश गरेर भारतको विरोधमा प्रदर्शन गरिरहेको छ ।

नेपाली काङ्ग्रेसकै एक नेताका अनुसार देउवाले भारतको विरोध नगर्न र मोदीको विरुद्धमा नउत्रिन निर्देशन दिएका छन् ।

ती नेताका अनुसार आज पनि देउवाले आफू निकट केहि नेतालाई भेटेर यस्तो निर्देशन दिएका छन् ।

उनले भारतकोभन्दापनि सरकार विरुद्धमा उत्रिनुपर्ने निश्कर्ष निकालेका हुन् ।

भारतले हालै निकालेको नयाँ राजनीतिक नक्शामा लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्शामा पारेपछि नेपालमा भारतको विरुद्धमा सबै दल, यसका भातृ संगठनहरुले आन्दोलन गरिरहेका छन् ।