डा. भीम रावल भन्छन्: प्रधानमन्त्री देउवालाई कब्जियत भए जस्तो लाग्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. भीम रावल भन्छन्: प्रधानमन्त्री देउवालाई कब्जियत भए जस्तो लाग्यो



काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई कब्जियत भएजस्तो लागेको बताएका छन् । राष्ट्रको नाममा गरेको सम्बोधनलाई रावलले कब्जियत भएर बोल्नै नसकेको टिप्पणी गरेका छन् ।

उनले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा बोल्न नसक्दा ‘कसैले घाँटी अँठ्याए जस्तो’ समेत लागेको टिप्पणी गरेका छन् ।

नेता रावलले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीको सम्बोधनलाई ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ समेत भनेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्वाचनबारे स्पष्ट नबोलेको भन्दै रावलले ‘संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो’ भनेका छन् ।

नेता रावलले प्रधानमन्त्री देउवाको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको समेत आरोप लगाएका छन् ।