देउवाको भारतमा सम्मान हुँदा लुम्विनीबासी सशंकित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवाको भारतमा सम्मान हुँदा लुम्विनीबासी सशंकित



भैरहवा:

प्रधानमन्त्री शेरवहादुर देउवाको राजकीय भ्रमणलाई भारतले उच्च सम्मान दिएकामा लुम्बिनीका सीमावर्ती नागरिकको मनमा चिसो पसेको छ।

देउवा-मोदीको सरप्राराइज भेटवार्ता, भारतले देउवालाई दिल्लीले रातो कार्पेट ओछाए पनि नया संविधानलाई अझै स्वागत नगरेको, यतिबेला पुनः भैरहवा नाकामा मालवहाक सवारी साधनमाथि कडाई गरी अनावश्यक रुपमा अवरोध गरेको, संविधान संशोधन प्रस्ताव सफल हुननसकेपछि मधेशवादी राजपालाई खुसाउन पुनः लुम्विनी टुक्राउने प्रस्तावको दुसहास गर्नसक्ने, सीमा दसगजामा नेपालीले आफनो भागका विजोर अंकका सीमास्तम्भ निर्माण एवं मर्मत तथा संरक्षण गर्ने तर भारतीय अधिकारीले बजेट नआएको भन्दैं जीर्ण सीमास्तम्भहरु बनाउने कार्यमा चासो नदेखाएको देखेका सीमावासी नेपालीको मनमा चिसो र चिन्ता पैदा भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानको लडडु देखाएर प्रधानमन्त्री देउवालाई फकाईफुलाई नेपालको हितभन्दा दिर्घकालिन रुपमा भारतलाई नैं फाईदा पुग्ने सहमति र सम्झौतामा हस्ताक्षर गराउने लुम्विनीका लुम्बिनीका स्थानीयमा शंका बढेको छ।
नेपालसँग हुने जुनसुकै सहमति र सम्झौतामा भारत आफू माथि पर्न चाहन्छ नेपालीलाई कहाँ फसाउने हो भन्नेमा चिन्तीत छौं। बुधवारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवा नफर्कने दिनसम्म कहा कतिवेला के संझौता गरी नेपाल र नेपालीलाई फसाउने हुन भन्नेमा डर लागिरहेको शिक्षक गणेश के.सीले गुनासो गरे।

नेपाल भ्रमण आउदा मोदीले नेपाल र नेपालीको प्रंसशा गर्दै संविधानसभामा उदार हृदयका साथ भाषण गरेका थिए। तर छ महिना नहुँदैं मधेशमा आन्दोलन चर्काएर नाकाबन्दी गरेको हुदा हाम्रो मनमा चिसो पस्नुका साथै भारतीय नेता एवं अधिकारीप्रति शंका जागेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए।

भारतीय पक्षको वोली र व्यवहारमा एकरुपता छैन।उनीहरुको यस किसिमका क्रियाकलापले गर्दा झट्टै विश्‍वास गर्नसकिने वातावरण एवं अवस्था छैन्। ‘यी यहाँ हेर्नुहोस्, अहिले भैरहवा नाकामा पारवहनमा नाकावन्दी जस्तै छ।मालवहाक गाडीहरुलाई सीमामा अड्काएर राख्ने, मालवस्तु आयत-निर्यातमा अवरोध गर्ने, अनावश्यक रुपमा दुःख दिने प्रवृति दोहोरिएको छ।’ सीमानाका वेलहियाका स्थानिय अनिल जयसवालले भने।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी विच नेपाल-भारत सीमावर्ती वजार एवं क्षेत्रमा ठूला एवं महत्वकाक्षी परियोजना संचालन गर्ने वार्ता एवं सहमती गरेका छन्। सीमा स्तम्भ सुरक्षाका एवं नेपाली भूमि अतिक्रमणका सवालमा भने भारत मौन छ।

नेपाललाई लाखौं सहयोग गर्ने प्रतिवद्धता गर्छ तर भारतकै सर्भे नापी टोलीलाई सीमा संरक्षणका गर्नका लागि बजेट दिएको छैन।यो भारतको कुन किसिमको नियत एवं कस्तो विडम्वना?

देउवा-मोदीले कुसीनगर-लुम्विनी-कपिलवस्तु र बर्दिवास-विरंगज रेलवे परियोजना, बुटवल वराईली सीमापार प्रारण लाईन, बुटवल गोरखपुर सीमापार प्रसारण लाईन, भैरहवामा संयुक्त सुख्खा वन्दरगाह सेवा, बुटवल पोखरा सडक स्तरोन्नतीलगायत विभिन्न समझदारीहरु गरेका छन्।तर सीमा क्षेत्र अतिक्रमण, अन्तराष्ट्रिय कानुन विपरीत वनाईएका सीमा सडक तथा बाधकाका कारण ढुवान पिडित नागरिक तथा भुमीका सवालमा ध्यान दिएनन्।

भारतीय सीमा अधिकारीहरुले सुनौली-वेलहियानाकामा एकमहिनादेखि कडाई गरेका छन्। चीन र भुटानविचको विवादित भुभाग डोक्लाममा देखिएको तनावमा भारतीय सेना भुटान प्रवेश गरेसंगै भारतले यसनाकामा अनावश्यक रुपमा निगरानी वढाउनुका साथै कडाई गरेको छ।
तीव्वती भन्दा चीन एवं पाकिस्तानका अतिवादी समुह भारत प्रवेश गरी अपराध गर्ने आशंकामा भारतीय अधिकारीहरुको गुनासो छ। सीमाअधिकारीहरुले विभिन्न कारण एवं सोचले सीमामा उच्च सतकर्ता अपनाएको हिन्दुस्तान दैनिक सुनौलीका स्थानिय पत्रकार आलोक जोशीले बताए।

‘हामीले आफनो भागमा परेका धेरै विजोर अंकका पिलरहरुमा काम गरेका छौं। भारतले जोर अंकमा पिलरहरुमा काम गर्ने हो, गतवर्ष बजेट नआएको भन्दै अधिकारीहरुले काम गरेनन। तर हामी नेपालीसंग मिलेर नेपालको कामलाई साथ र सहयोग गरे।’
नापी विभागका उपसचिव एवं नापी टोली प्रमुख निर्मल कुमार आचार्यले भन्नुभयो। नेपाल-भारत सीमा सर्भे संयुक्त टोलीले सौहर्द वातावरणमा दसगजा क्षेत्र सीमाको काम अगाडी बढाईरहेको उनले बताए।

तीनवर्षदेखि नेपाल-भारतका तीन वटा संयुक्त टोलीले सीमा सर्भे एवं संरक्षणको काममा खटिएका छन्। पुर्व झापामा १ नम्वर टोली, विरंगजमा २ नं. टोली र भैरहवामा ३ नम्वर टोली खटिएका छन्।

एक नम्वर टोलीले पुर्वदेखि विरंगजसम्म, २ नम्वरटोलीले विरगंजदेखि चितवनसम्म र ३ नम्वर टोलीले नवलपरासीको विवादीत क्षेत्र सुस्ता वाहेक पश्चिम दाङसम्म नेपाल-भारत दसगंजा क्षेत्र सर्भे गर्ने हराएका पिलरहरुको खिजी एवं स्थान पहिचान गर्ने, अतिक्रमीत भूमी पता लगाउने, जीर्ण सीमास्तम्भहरुको पुननिर्माण, मर्मतसंभार, संरक्षण तथा रंगरोगनको काम गर्ने जिम्मेवारी पाएका छन्।

सर्भे अफ ईन्डियाका अधिकारी र भारतीय सीमा सुरक्षा बलको संयुक्त रोहवरमा नेपालीको टोलीले आफनो भागमा परेका विजोर अंकका सीमास्तम्भहरुमा काम गरिरहेका छ तर भारतीय अधिकारीको टोलीले भने बजेट नआएको वाहान बनाई संरक्षणको काम गरेका छैनन्।

अन्नपुर्ण पोष्टमा खबर छ ।