एकपछि अर्को विवादमा फस्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकपछि अर्को विवादमा फस्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल



काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकाल एक पछि अर्को विवादमा फसेका छन् ।

कोरोना सङ्क्रमण बढ्दै गैरहेका बेला पत्रकारले प्रश्न गर्न खोज्दा घरमा पाहुना आएको भन्दै तर्किएका स्वास्थ्यमन्त्री ढकाल निकै विवादित बनेका थिए ।

यसको सर्वत्र निन्दा भैरहेका बेला उनले कोरोना संक्रमित पहिलो बिरामीको बारेमा जानकारी गराउन मन्त्रालयमा गरेको पत्रकार सम्मेलन पछिल्लो समय चर्चा र विवादको बिषय बनेको थियो ।

उनले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनको फोटो सामाजिक संजालमा निकै भाइरल बनेको थियो । सरकारले भिडभाड नगर्न दिएको निर्देशन भन्दा ठ्याक्कै उल्टोगरी गरिएको भिडभाड निकै लज्जास्पद थियो ।

त्यसपछि उनि बुधबार नेपालमा देखिएका कोरोनाभाइरसको तेस्रो बिरामीको सुचनामा चिप्लिएका कारण विवादमा छन् ।

बिरामी कतारबाट आएको भनी स्वास्थ्यमन्त्री ढकालले नै गलत सूचना प्रवाह गरेपछि उनको सर्वत्र निन्दा भैरहेको छ ।

विभिन्न सञ्चारमाध्यममा दुवईबाट आएका एक नेपालीलाई कोरोनाभाइरसको संक्रमण देखिएको समाचार सार्वजनिक भए पनि मन्त्री ढकालले नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै कतारबाट आएका नेपाली नागरिकलाई कोरोना देखिएको बताएका थिए ।

तर स्वास्थ्य मन्त्रालयले नै बेलुका विज्ञप्तिमार्फत उक्त भनाइ सच्याएको थियो ।

दुबई सारजाहबाट नेपाल आएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले सामाजिक संजालमा उनका विवादबारे बहस भैरहेको छ ।