धनगढीमा अनलाइन तिज फोटो प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनगढीमा अनलाइन तिज फोटो प्रतियोगिता सम्पन्न



कैलाली – ‘हाम्रो मौलिकता हाम्रो सान सम्पुर्ण नारीहरुलाई सम्मान’ भन्ने मुख्य नाराका साथ धनगढीमा ‘प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगिता -२०७७’ सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिकाकि उप प्रमुख शुशीला मिश्र भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको फाइनल जुम ए्याप मार्फत आज सम्पन्न भएको छ । प्रमुख अतिथि भट्टले यस्तो विषम परिस्थितिमा विश्वभरीका नेपाली दिदिबहिनीहरुलाई जोड्न र मौलिकता जोगाउको लागि प्रतियोगिताको आयोजना गरेको भन्दै समर्पण मिडिया धनगढीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

त्यस्तै प्रतियोगितामा विशिष्ट अतिथि पुनर्वास नगरपालिकाकि उप प्रमुख शारदा बिस्टले हुनेखाने र हुँदा खाँदाबिचको खाडल पुर्न र दिदिबहिनीमा आपसी भाइचारा प्रदान गर्न यो प्रतियोगिता सफल भएको बताइन ।

प्रतियोगितामा अमेरीका,नर्वे,युएई,भारत,नेपाल लगायतका विभिन्न देशमा बसोबास गर्ने १२६ जना नेपाली महिलाहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी मध्ये जसको पोस्टमा बढी लाइक आयो सोही सहभागीलाई विजेता बनाउने प्रावधान रहेको थियो ।

आज भएको फाइनलमा सहभागी १२६ मध्ये प्रथम : समि ठकुरी ,दृतिय: रक्षा बम,सान्त्वना ५ मध्येमा,१- रेखा रावत,२-बसन्ती सापकोटा ,३- पुजा फुलारा,४- ममता थापा र ५- चित्रा नौन्याल रहेका छन् । उनिहरुलाई क्रमशः प्रथम नगद रु.५ हजार गिफ्ट ह्याम्पर,दृतिय नगद ४ हजार र गिफ्ट तथा सान्त्वना ५ जनाले नगद १/१ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

सृजनशील मंच,सुदूरपश्चिम, खबरपात मिडिया पब्लिकेसन र समर्पण मिडिया धनगढीको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको मुख्य प्रायोजक दहाल पुस्तक पसल धनगढी रहेको थियो ।