डिआईजी धानुकमाथि महिला हिंसाको आरोप: महिला सांसदहरु कानुनी उपचारमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

डिआईजी धानुकमाथि महिला हिंसाको आरोप: महिला सांसदहरु कानुनी उपचारमा



बुटवल– नेपाल प्रहरीका डिआईजी रविन्द्र धानुकले महिला सांसदमाथी हातपात गरेको भन्दै महिला सांसदहरुले त्यसको काुननी उपचार खोज्ने बताएका छन् । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदहरुले प्रहरीले आफुमाथी हातपात गरेको आरोप आईतबार लगाएका थिए ।

बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्

प्रहरीसंग भएको झड्पमा नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री लौटी थारु पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगामगर र दिपेश थारुलगायत महिला सांसदमाथी डिआईजी धानुकको नेतृत्वमा आक्रमण भएको थियो । महिला सांसदलाई धानुकले महिला प्रहरी प्रयोग गर्नुको सांटो आफै धकेल पकेल गरेका थिए । उनिहरुले धानुकको शैलिको चर्को आलोचना गरेका हुन ।

डिआईजी धानुक नेपाल प्रहरीभित्र बिवादित प्रहरी अधिकारी भनेर चिनिन्छन् । उनी माओवादी नेता जर्नादन शर्मा निकट छन् । उनकै पहलमा धानुकलाई पांच नम्बर प्रदेशको प्रमुख बनाइएको थियो । पछिल्लो समय उनको लुम्बिनी प्रदेशमा तस्करिका घटनामा समेत नाम जोडिएको छ ।

नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगा मगर र राजमो नेता तारा जीसीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्र्सना गर्दै दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको माग समेत गरेका छन् ।

कांग्रेस सचेतक क्षत्रीले सांसदमाथि हातपात गर्ने प्रहरीले नागरीकमाथी कस्तो दमन गरेका होला भन्दै घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताईन ।

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव सपथ ग्रहणका लागी मुख्यमन्त्री कार्यालयमा जान खोज्दा सांसदहरुले अवरोध गर्नुका साथै नाराबाजी गरेका थिए । त्यस क्रममा धकेलाधकेल समेत भएको थियो । त्यसमा प्रहरीका डिआईजी धानुकले नै आक्रमण गरेको महिला सांसदहरुले आरोप लगाएका छन् ।