धौलगिरी अञ्चललाई संसार भर चिनाउने सानो प्रयास यम क्षेत्रीको पञ्चेबाजा गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धौलगिरी अञ्चललाई संसार भर चिनाउने सानो प्रयास यम क्षेत्रीको पञ्चेबाजा गीत बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/फागुन १४ 

धौलगिरी अञ्चल को पर्यटकीय धार्मिक ठाउँहरू र विभिन्न रमणिय स्थानमा मौलिक बाजाहरु प्रयोग गरी छायांकन गरिएको पर्वत तिर सानो मेरो घर छ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।

चर्चित लोक दोहोरी गायक याम क्षेत्री र देवी घर्तिको आवाजमा रहेको यस गीत लाई समर्पण म्युजिक प्रा ली ले बजारमा व्यवस्थापन गरेको छ, उक्त गीतको लय शब्द प्रकाश रेग्मीको गरेका छन्। भिडियो निर्देशन कपिल लामाले गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन तथा सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा याम क्षेत्री, मन्जिता के सी, शङ्कर गिरी प्रकाश रेग्मी मिनराज के सी “अविरल” को अभिनय देख्न सकिन्छ ।