मुसहर बासीले भने,'धुर्मुस हाम्रो देवता हौ, घर पनि बनाइदेउ' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुसहर बासीले भने,’धुर्मुस हाम्रो देवता हौ, घर पनि बनाइदेउ’



 

बर्दिबास:

‘दश दिनपछि हामी राहत पायौं।हामीलाई कसैले हेरेन। हामी दुःखमा थियौं। हामी गरीबलाई राहत दिनुभयो खुशी लाग्यो,’ जलेश्वर नगरपालिका-३ खैरा गाउँकी ३७ बर्षीय एकल महिला रामवत्ति सदालाई धुर्मुसले राहत हस्तान्तरण गरेपछि उनले भनेको मार्मिक अनुच्छेद हो यो।

‘धुर्मुस तपाई हाम्रो मुसहरको देवता हो। यहाँ गरिवलाई हेर्ने कोही छैन। तपाइले गरिवको दुःख दुर गर्नुहुन्छ।’ साउन २८ गते रातीको बाढीले सम्पत्तिको नाममा भएको एउटा छाप्रो पनि बाढीको भेलले बगायो। त्यसपछि उनका परिवार खुल्ला आकाशमा बस्दै आएका छन्।
ओत लाग्ने त्रिपाल पनि थिएनन्। रामवत्तीले सोमबार ओत लाग्ने त्रिपाल पनि पाइन्। भोक मेट्ने चामल, दाल, तरकारीमा हालने तेल नुन र मसाला प पनि पाइन् । ओछ्याएर आराम गर्ने म्याट, ड्सना र तन्न पाउँदा उनी खुशीले गदगद भइन्।

धुर्मुसले रामवत्तिलाई राहत प्रदान गरेपछि दंग हुदैं अघि उनले थपिन् , ‘तपाई त गरीबको घर बानाउनुहुन्छ। हाम्रो मुसहरको पनि बाढीले बगाएको घर बनाइदिनु पर्‍यो हजुर।’ पुस्तौंदेखिको रोग, भोक, अशिक्षाले थलिएका रामवत्ति सदा मुसहरको जीन्दगी बाढीले विजोग बनाइदिएको छ। ‘एक परिवार, फुज प्याकेज’ कार्यक्रम अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेसनले राहतमा सिरक, ड्सना, तन्ना, म्याट, चामल, दाल, नुन, तेल, औषधी बाढी पीडित परिवारलाई प्रदान गरेका छन्।

उनले दश बर्ष अघि श्रीमान् गुमाइन्। जेन तेन जीवन चल्दै थियो। ज्याला मजदुरी गरेर २ छोरा र ३ छोरीको पालन पोषण उनले गर्दै थिइन्। रातु खोला, जंघा, अंकुसे, भब्सी खोलाको बाढीको भेलले महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरा गाउँका ६० मुसहर सहित अन्य ८ गरि ६८ को परिवारको सबै घर डुवानमा पर्‍यो। उनी पनि त्यसै बाढीको भेलमा फसिने। बल्ल बाँचिन्।
अधिंकासको घर डुबेर बाढीको भेलले बगाएको बाढी पीडित ३० बर्षीय जुगल सदा मुसहरले बताए । ‘काम गर्न गएको थिए । साँझ घर फर्किदा बाढीले घर बगाइसकेको थियो। बल्ल बल्ल ज्यान बचाए।’

बाढीले मुसहरको बास लुट्यो। गाँस खोस्यो। जीउमा एक सरो लुगा बाहेक केही थिइने। यस्ता पीडितलाई आफु पुगेर धुर्मुसले राहत बाँडे।

जलेश्वर सडक मुकामबाट मात्र ढेड किलो मिटर दक्षिणमा खैरा गाउँ पर्छ । पहिले पनि सदरमुकामबाट प्रदान गर्ने सेवा सुविधाम खैराका मुसहरको पहुँच थिइन्। बस्ती डुवानमा पर्दा, घर बगाउँदा कोही नपुगेको बाढी पीडित महेन्द्र सदाले बताए।

‘पाँच ठाउँमा बाटो बाढीले बगाएको छ। गाउँमा जाने बाटो छैन। गाउँ पस्ने बाटो छैनन सुन्ने वितिकै कोही राहत लिएर जान मान्दैन।,’ खैराका स्थानीय सन्तोष नन्दन भण्डारीले भने,‘ धुर्मुसले बाँडेको राहत वास्तवमा बाढीबाट आहत भएकाहरुले पाएका छन्।’
बाढी पीडितको पीडामा मलहम पट्टी गर्न राजधानीबाट एक साता अघि तराई झरेका हाँस्यकलाकार धुर्मुस —सुन्तलीले गत आइतबार अविर बर्षासंगै डुवानमा परेका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, झापा, मोरंग, सर्लाही, रौत्तहट र बाराका बाढी पीडितहरुलाई राहत वितरण गरिसकेको छ।

‘मुसलधारे बर्षासँगैको भेलले मधेस डुवानमा परेको खबरले मर्माहत भएका भयौं,’ धुर्मुसले भने, ‘यो दुःख र आपद्का बेला केही राहत सामग्रीसाथ तराई झरेर पीडितको मुहारमा थोरै भएपनि खुशी छार्न रातह वितरण गर्नमा जुटेका हौं।’

अन्नपुर्णपोष्टमा खबर छ ।