यसरी बगाउदै छन् धुर्मुसले मुसहर बस्ती निर्माणका लागि पसिना (फोटो फिचर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसरी बगाउदै छन् धुर्मुसले मुसहर बस्ती निर्माणका लागि पसिना (फोटो फिचर)



महोत्तरी, माघ २९

– मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख रुपैयाँ सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबास स्थित निर्माणधिन एकीकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदान गरिरहेका छन् ।उनी बस्ती आएकै दिन उनलाई तराई मधेसबाट एक लाख रुपैयाँ बराबरको सहयोग रकम प्राप्त भएको छ । महोत्तरी बर्दिबास स्थित गौतम होटलका सञ्चालक हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाख रुपैंया बराबरकोे चेक हस्तान्तरण गर्नुभएको हो । चेक लिदैं धुर्मुसले भने ‘सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागि रहेका हौं । मुसहर बस्तीको निर्माण कार्य सम्पन्न गरी बैशाख १ गते घरबारविहिन मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउँदैंछौं । निर्माण कार्य सम्पन्न गर्न अब हामीसँग मात्र दुई महिना बाँकी छ । हालसम्म हामीले ३५ प्रतिशत काम सकेका छौं । ’ धुर्मुस यति खेर बस्तीमा स्थानियहरुसँग श्रमदान गरेर  समृद्ध देश बनाउन पसिना बगाइरहेका छन् । अहिलेसम्म  झन्डै २ करोड रुपैयाँ भन्दा बढी रकम संकलन भएपनि बस्ती निर्माणका लागि अझै दुई करोड ५० लाख रुपैयाँ रकम अपुग रहेकोले तराई मधेसका उद्योगी, व्यापारी, समासेवी साथै सम्पूर्ण सहयोगी मनहरुसँग धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् । 

 

मुसहर बस्ती निर्माणका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

मुसहर बस्ती निर्माणका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

मुसहर बस्ती निर्माणका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

मुसहर बस्ती निर्माणका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

साभार उज्यालो अनलाइन