दिल्लीमा प्रथम अन्तर्राष्ट्रिय कविता महोत्सव हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीमा प्रथम अन्तर्राष्ट्रिय कविता महोत्सव हुने



हिमाल पोस्ट /नयाँ दिल्ली ।

भारतको नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयले प्रथम अन्तर्राष्ट्रिय कविता महोत्सवको आयोजना गर्ने भएको छ ।कार्यक्रम आगामी जेष्ट ७ अर्थत् मे २१ तारिकका दिन हुनेछ ।

नेपाली साहित्य र संस्कृतिको रक्षा एवं प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको विश्वविद्यालयमा रहेको नेपाली विद्यार्थी समाजले जनाएको छ । कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकारहरुको उपस्थिति हुने आयोजक संस्थाले जनाएको छ । साथै, महोत्सवमा आफ्ना कविताहरु पठाउन समेत समाजले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

आयोजकका अनुसार नेपाल, भारत, अमेरिका, बेलायत, जापान आदि मुलुकमा रहेका कविहरूबाट प्राप्त नेपाली भाषामा लेखिएका कविताहरू मध्ये उत्कृष्ट तीसलाई महोत्सवमा सहभागी गराइनेछ । प्रत्यक्ष कार्यक्रममा उपस्थित हुन नसक्ने कविहरूले स्काइप  मार्फत आफ्ना रचना वाचन गर्न पाउने आयोजकले बताएका छन्  ।