दोहोरिरहेको कालखण्ड-कविता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दोहोरिरहेको कालखण्ड-कविता



एकटा सिपाही चरा
आफ्नो गुडमा भर्खरै भित्र्याईएकी आफ्नी जहानलाई
सन्तान कोरल्नु भन्दै
सहबासको पहिलो रातमा
हातमा प्रेमको चिनो दिएर गुड छोडी कतै जाने तरखरमा छ ।
******
******
नमिठो सपना देखेर
बिहानै झसङ्ग बिउझिएर
हिजो राती आफ्नो नजिकै निदाईरहेका आफ्ना पतिलाई नदेख्दा
र सिरानी मुनि उनले लेखेको चिट्ठी भेट्दा
बिचरी उनकी श्रीमतीको मनमा फुल्दै नफुलेको पिरतिको फुल पनि झरिदिन्छ
ओईलाएर ।।
******
******
आज पच्चिस वर्ष पछि
उसलाई विवाहको पहिलो रात
देश बचाउन भन्दै
आधा सुहागरात मनाएर गएका आफ्ना सिपाही पतिले दिएको
प्रेमिकको चिनो हुर्किएको छ
******
******
तर!
आफ्ना बाबाको तस्बिरमा आमाले
शान्तिको फुल चदाउदै गर्दा
उ क्रान्तिको आगो ओकलिरहेछ
*****
*****
र पुरानो कालखण्ड दोहोरिएर आउँछ
हिजो मात्र उसले विवाह गरेकी
नव बिबाहित श्रीमतीसँगको पहिलो रातमा
आफ्नो हातमा
सरकारले युद्धको निम्तो दिएको चिट्ठी बोकेर
आधा सुहारात मनाई
आफ्नी श्रीमतीलाई आधा प्रेम गरेर
उ लम्किन्छ देश बचाउन
जहाँ देश बचाउदा बचाउदै
उसले आफ्नी श्रीमतीको सिउदोमा
हासिरहेको सिन्दूरको सुरक्षा गर्न सक्दैन् ।।

अमि प्रिन्स