दोषी कारवाहि गराउने एमआरआरको संकल्प फासी बाहेक छैन विकल्प भन्दै बुटवलमा प्ले कार्ड प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दोषी कारवाहि गराउने एमआरआरको संकल्प फासी बाहेक छैन विकल्प भन्दै बुटवलमा प्ले कार्ड प्रदर्शन



मनोज ज्ञवाली / हिमाल पोष्ट, बुटवल । देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला गत शनिबार ‘बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरि लक्ष्मी परियारको हत्या गरिएपछि यस घटनाको सवत्र विरोध भइहेको छ।

15591992_1129052907208490_624142718_n

यसैबिच बुटबलमा पनि सामाजिक संजालबाट आबद्ध भएका युवाहरुको समूह एमआरआर को आयोजना प्ले कार्ड प्रदर्शन गरि उक्त घटनाको बिरोध गरिएको हो।

 

गत शनिबार स्थानीय सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हीरा लामा लगायतले विद्यालयको चौउरको पोलमा बाँधेर निर्ममतापूर्वक बोक्सीको आरोपमा मलमूत्र खुवाएर लक्ष्मी परियारलाई कुटपिट गरीएको थियो र प्रहरीले मिलापत्र गराएको २४ घण्टा बित्न नपाउँदै महिलाको लास भेटिएको थियो ।

आजको २१ औ शताब्दीमा पनि महिलाई यसरी बोक्सी भन्दै कुटपिट गर्नु जघन्य अपराध भएको र सरकार पनि यस घटनाप्रति उदासिन भएको भन्दै सामाजिक सचेतनाको लागि कार्यक्रमको आयोजना गरिएको थियो।

बुटबलको ट्राफिक चोकमा भएको उक्त कार्यक्रममा महिलाहरूको समूह डब्लुआरआरले पनि प्ले कार्ड सहित स्वतफुर्त रुपमा आफ्नो सहभागीता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक सोभित खनालले समाजको अभिन्न अङ्गको रुपमा मानिने शिक्षकले आफूले हासिल गरेको शिक्षा समाज परिवर्तनको लागि प्रयोग गर्नुको सट्टा समाजलाई नै कलङ्कित बनाउने कार्यमा प्रयोग गरेको बताए।

खनालले अझ सामाजिक जस्तो बिषयमा अध्यापन गराउने शिक्षकले नै गाउँकी महिलालाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर कुटपिट गर्दै मार्छ वा नारी मर्छे भने हामी कुन शताब्दीका मानिस हौ भनेर एक पटक सोच्नुपर्ने अवस्था आएको भन्दै यस घटनाको दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने कुरामा जोड दिए।

यस्तै कार्यक्रमम बोल्दै निशा श्रेष्ठले विज्ञानसम्मत नयाँ समाज व्यवस्थाको स्थापना र विकास गर्ने महायात्रामा झाँक्री बोक्सी जस्ता अन्धविश्वासविरोधी वैज्ञानिक सांस्कृतिक अभियान चलाउनु पर्ने र यसको लागि आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । देशभर गरि एक लाख भन्दा बढी सदस्य भएको सामाजिक ग्रुप एमआरआरले यस अघि पनि सामाजिक सचेतताका लागि बुटबलमा सक्रीय रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।