मुस्मिल समुदाय आक्रोशित, निर्वाचन नसारे कडा आन्दोलनको चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुस्मिल समुदाय आक्रोशित, निर्वाचन नसारे कडा आन्दोलनको चेतावनी



दिनेश ठाकुर \ बाँके, १७ जेठ ।

 

सरकारले मुस्लिम समुदायको पर्वकै दिन निर्वाचन घोषणा गरेको भन्दै नेपालगन्जको मुस्लिम समुदाय आक्रोशित बनेका छन् ।
असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने सरकारले निर्णय गरेपछि उक्त दिन मुस्लिम समुदायको रामजानको जुमा अल बिदा पर्व पर्ने भएकाले मुस्लिम समुदाय आक्रोशित भएका हुन् ।

नेपालगन्जको मुस्लिम समुदायले स्थानीय तहको निर्वाचन  पनि सार्न माग गरेका छन् । सरकारले निर्वाचनको मिति सार्दा समेत मुस्लिम समुदायको पर्वको ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको मुस्लिम समुदायले निर्वाचन नसारे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सबै दलका मुस्लिम अगुवाहरुले सरकारलाई ज्ञापन पत्र पठाउँदै निर्वाचनको मिति प्रति असन्तुष्टि व्यक्त गरे । नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपाध्यक्ष मो. हारुनले भने,‘बैशाख ३१ को निर्वाचन जेठ ३१ हुँदै असार ९ गते सार्न सकिन्छ भने असार १४ गते किन गर्न सकिदैन ?’ सरकारले आफ्नो निर्णय नसच्याएमा कडा आन्दोलन गर्ने चेतावनी उपाध्यक्ष हारुनले दिएका छन् ।

रमजानको बेला मुस्लिम समुदाय दिनभर पानी पनि नखाई व्रत बस्ने गर्दछन् । व्रतका बेला मतदानमा भाग लिन असहज हुने भएकाले निर्वाचन सार्नका लागि मुस्लिम समुदायले माग गर्दै आएका छन् ।

संघिय समाजबादी फोरम नेपालका कैन्द्रिय सदस्य तथा पुर्व मंत्री मो इस्तियक राई संघिय समाजवादी फोरम नेपाल बाकेका अध्यक्ष कमरुद्धिन राई लगायत उपस्थित थिए ।