डिपिएल : काठमाडौं गोल्डेन्सद्बारा बिराटनगर किंग्सलाई ५ विकेटले पराजित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डिपिएल : काठमाडौं गोल्डेन्सद्बारा बिराटनगर किंग्सलाई ५ विकेटले पराजित



धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा काठमाडौं गोल्डेन्सलले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। यो जित सङ्गै काठमाडौंले  लगातार चौथो जित हात पारेको छ ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै पारस खड्का कप्तान रहेको विराटनगर किंग्सलाई पराजित गर्न सफल भएको हो । १६५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६८ रन बनाए । काठमाडौंका लागि ललितनारायण राजवंशीले ३ र राशिद खानले २ ,सुबोध भाटीले १ विकेट लिए भने विराटनगरका लागि वसन्त रेग्मीले २ कप्तान पारस खड्का, सुभम कामत र मञ्जीत श्रेष्ठले १/१ विकेट लिए ।