कसले उचाल्छ १२ केजीको यो ट्रफि, धनगढी वा काठमाडौ ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कसले उचाल्छ १२ केजीको यो ट्रफि, धनगढी वा काठमाडौ ?



धनगढी प्रिमियर लिगको उपाधिका लागि आज घरेलु टिम चौराहा र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा हुदैछ ।

काठमाडौ पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो ।

आज काठमाडौलाई त्यसको बदला लिने मौका हुनेछ । आज टिम चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाधिमा कब्जा जमाउनेछ ।

यता पहिलो पटक डीपीएलको फाइनलमा पुगेको काठमाडौका लागि याे नयाँ अनुभव हुनेछ ।

आजको उपाधि विजेताले २५ लाख रुपैयाँ पाउनेछ । जसका लागि पनि दुबै टिम तम्तयार रहेका छन ।

यो फाइनलसँगै यी दुई टिम याे प्रतियोगितामा तेस्रो पटक खेल्दैछन । जसमा लिग चरणमा काठमाडौ ७ विकेटले विजयी भएको थियो भने क्वालिफायर्समा १ विकेटले हारेको थियो । अघिल्लो सस्करणमा खेलेका दुबै खेलमा चौराहा विजयी भएको थियो ।

यसैविच हिजो भएको खेलमा काठमाडौले महेन्द्रनगरलाई ५ विकेटले हराउँदै फाइनलमा पुग्यो ।