डा. केसीको स्वास्थ्य जटिल बन्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. केसीको स्वास्थ्य जटिल बन्यो



 
३१ साउन, काठमाडौँ ।
डा। गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गैरहेको छ । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखआएपछि डा. केसीका प्रतिनिधिहरूले आन्तरिक छलफल थालेका छन् । यद्यपि, छलफलमा डा. केसीको मागप्रति एमालेका नेताहरू सकारात्मक नभएको डा. केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले जानकारी दिए ।

डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकले आईसीयूमा राख्न खोज्दा डा. केसीले अस्वीकार गरेका छन् । उनको अक्सिजनको मात्रा घटेर ७० मा पुगेपछि छाती दुख्ने समस्या निकै बढेर गएको छ । केसी सोमबार दिनभर कसैसँग नबोलेको उनका सहयोगी विषण दाहालले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।