स्वस्थ व्यक्तिले 'मास्क' लगाउँदा खतरा हुनसक्छ: जनस्वास्थ्य विज्ञ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्वस्थ व्यक्तिले ‘मास्क’ लगाउँदा खतरा हुनसक्छ: जनस्वास्थ्य विज्ञ



काठमाडौं- कोरोना भाइरस बिश्वब्यापी फैलिरहेको छ । यो भाइरस फैलिएकै बेला कैयौँ अफवाहहरू पनि फैलाउने काम भैरहेको छ ।

कोरोना भाइरसको संक्रमणबारे हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । संसारभर फैलिरहेको कोरोना नेपालमा फैलिदैन भन्ने हुँदैन ।

कोरोना भाइरस नेपालमा आइसकेको छैन तर यसबारेका भ्रमहरू भने फैलिन थालिसकेका छन् । ती भ्रमहरूलाई चिर्न डा. रवीन्द्र पाण्डेले यसबारेका केही भ्रम र यथार्थहरू उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको यो पाटोलाई नबिर्सौं
.

-विश्वमा हालसम्म ९८४२२जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ । उपाचारपछि ५५६३२कोरोनामुक्त भएर घर फर्किएका छन् । । ९४ % लाई निको भएको समाचार अत्यासलाग्दो होइन ।

-हालै संक्रमण भएका ३९४०५ जनामध्ये ३३१३३ जना अर्थात ८४ % सामान्य अवस्थामा छन् । गम्भीर छैनन् ।

-चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन् । अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ ।

-विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ ।

-मृत्युदर २-३ % छ भने चिन्ता डर ९८ % छ । चिन्ता रोग होइन ।

-मास्कको अभावले चिन्तित हुनु पर्दैन । मास्क लगाउनुका आफ्नै दुख छन् । उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एबम बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीलाई हो । स्वस्थ्य व्यक्तिलाई मास्कको जरुरि छैन ।

-संक्रमण भएका देशबाट फर्किएका सबै कोरोना संक्रमित हैनन् । ९९ % स्वस्थ्य व्यक्ति हुन् ।

-नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परिक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ । उनी निको भएर घर फर्किएका छन् ।

-अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन । त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन ।
.

…….डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ