डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित



काठमाडौं, १४ असोज । त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालो पट्टि बाँधेर काम सुरु गरेका छन् ।

डा. केसी सरकारलाई दिएको पछिल्लो एक सातको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रम अनुसार गत आइतबार दिउँसो चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका हुन ।

रेजिडेन्टहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरु आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए चरणवद्घ दबाबमुलक कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको छ ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले सरकारले डा. केसीको मागलाई वेवास्ता गरे थप कडा विरोधको कार्यक्रम गर्न बाध्य हुने बताए ।

आमरण अनसनको चौथो दिनमा प्रवेश गर्दा समेत सरकारको तर्फबाट कुनै पनि व्यक्ति डा. केसीलाइ भेट्न आएका छैनन् ।

डा. केसीलाई बिहीबार अस्पताल प्रशासनको सहयोगमा सानोबाट ठुलो कोठामा सारिएको छ । डा. केसीमा मांसपेशीको दुखाइ र चक्कर आउने समस्या देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।