दुई जना चरम अवसरबादीको अवसान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दुई जना चरम अवसरबादीको अवसान



निकै अवसरबादी मानिएका हृदयेश त्रिपाठी र देवेन्द्रराज कँडेलको संसद यात्रा रोकिने भएको छ । पश्चिम नवलपरासीका आआफ्ना निर्वाचन क्षेत्रमा निरन्तरजसो चुनाव लडिरहने यी दुई पात्र निकै विवादित पनि छन् ।

त्रिपाठीले धेरै पटक चुनाव जित्दा कँडेलले भने ह्रयाट्रिकसम्मको स्वाद चाखेका छन् । त्रिपाठी २०४८ सालबाट निरन्तर संसदीय चुनाव लडिरहेका नेता हुन्। हालसम्म उनले २०७० बाहेक सबै चुनाव जितेका छन्।

सुरुका ३ वटा चुनाव नेपाल सदभावना पार्टीबाट विजयी भएका थिए। २०६४ मा तमलोपाबाट सांसद बनेका थिए। २०७० मा सोही पार्टीबाट उम्मेदवार बनेपछि विजयी हुन सकेनन्। ५ वर्षअघि एमालेको चुनाव चिह्न लिएर नवलपरासी पश्चिम १ बाट सांसद बनेका त्रिपाठीलाई यसपटक एमालेले समर्थन गर्दापनि बचाउन सकेन ।

उता भारतको एउटा र नेपालको दुई वटा नागरिकता भएका २०५१ सालबाट चुनाव लड्न सुरू गरेका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेल ०५१ सँगै २०५६ र २०७४ मा जितेका थिए। तर यसपटक पार्टी सभापति देउवाको आशिर्वादले समेत काम गर्न सकेन ।

त्रिपाठी र कँडेल दुवै जनाले चुनाव हर्ने निश्चित छ । नवलपरासी १ मा त्रिपाठी तेस्रो स्थानमा छन्। कांग्रेसका विनोद चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले आलोपालो अग्रता लिइरहेका छन्।