एकैसाथ तीन वटा चलचित्रको काममा व्यस्त सिद्दीकी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकैसाथ तीन वटा चलचित्रको काममा व्यस्त सिद्दीकी



एजेन्सी । नवाजुद्दीन सिद्दीकी अहिलेका निकै व्यस्त कलाकार हुन् । उनी एकैसाथ तीन वटा चलचित्रको काममा व्यस्त छन् ।

उनी तीन महिनासम्म निकै व्यस्त रहनेछन् । हाल उनी आफ्ना भाई शमास नवाब सिद्दीकीको फिल्म बोले चूडियाँको शुटिङमा व्यस्त छन् ।

यसबाहेक उनी डस्टी टू मिट रस्टीमा समेत व्यस्त छन् । साथमा उनी आफ्नोे इन्टरनेशनल प्रोजेक्टमा पनि काम गर्दै छन् ।

उनी राजस्थानमा तमन्ना भाटियासँग बोले चुडियाँको शुटिङ गरिरहेका छन् । फिल्मको शुटिङ सकिनासाथ उनी डस्टी टू मिट रस्टीको लागि एक महिनासम्म व्यस्त रहनेछन् । यो फिल्मको कथा मुम्बईबाट धर्मशाला जाने युवतीको बारेमा रहेको छ । फिल्मको अधिकांश शुटिङ रियल लोकेशनमा हुने बताइएको छ ।

यी दुई फिल्मपश्चात नवाजुद्दीन अमेरिकामा करिब एक महिनासम्म नो म्यान ल्याण्डमा व्यस्त रहनेछन् । उनी सुधीर मिश्रको नयाँ फिल्ममा पनि काम गर्दैछन् ।

आफ्नो व्यस्त शेड्युललाई लिएर नवाजले भने, ‘हो मसँग अहिले धेरै प्रोजेक्ट छन् र म धेरै काम पनि गर्न चाहन्छु ।’

व्यस्तताका बावजुत उनी आफ्नो वेब शो सेक्रेट गेम्स २ को प्रमोशन समेत गर्न पाएका छैनन् ।