एक युवतीको शङ्कास्पद मृत्यु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एक युवतीको शङ्कास्पद मृत्यु



हिमाल पोष्ट /इनरुवा, २१ मङ्सिर । सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् ।

फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन् । घाँटीमा सल बेरिरहेको अवस्थमा शव फेला परेका कारण आफँै मरेको वा कसैले मारेको हो, त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस